प्रधानाध्यापक

२००९ सालमा स्थापना भएको यस बिद्यालयले २०३९ सम्म कक्षा १-३ सम्म सञ्चालन गरेको थियो। २०४० मा कक्षा ४, २०४१ मा कक्षा ५ सञ्चालन गर्दै २०५३ मा कक्षा ६, २०५४ मा कक्षा ७, २०५५ मा कक्षा ८ हुँदै २०६७ मा कक्षा ९ र २०६८ बाट एस.एल.सी तथा २०७२ बाट SEE मा विद्यार्थी समाबेश गराउदै आएको छ। कक्षा ९, १० सञ्चालन भएको एक दशक पुरा भएतापनी माद्यमिक तहको दरबन्दी हालसम्म प्राप्त भएको छैन। दरबन्दी मिलानको क्रममा छिट्टै मा. बि. दरबन्दी प्राप्त हुने र बिषयगत शिक्षकको ब्यवस्था गर्न सकिनेमा हामी बिश्वोस्थ छौं । २०७२ को भुकम्प पश्चात हामीसँग सुबिधा सम्पन्न २६ कोठे बिद्यालय भवनको साथमा खानेपानी, शौचालय, खेल मैदान, घेराबार, फर्निचर सम्पूर्ण सुबिधा तयार भएको छ। समय अनुकुल सुचना प्रबिधिसँग जोड्दै शिक्षण सिकाइलाई प्रभाबकारी र रोचक बनाउन सामाजिक बिकास मन्त्रालयबाट शिक्षा बिकास निर्देशनालय मार्फत प्राप्त रकमबाट ICT ब्यवस्थापन गरिएको छ जसमा Integrated CPU बाट गणित र बिज्ञान बिषयको पठनपाठनलाई रोमाञ्चक तरिकाले पढाउन सुरु गरिएको छ। यसले विद्यार्थीको सहभागीतालाई बढाएको छ। Website र E-Library portal को प्रयोग सुरु गरिएको छ। Interactive White Board र Projector को प्रयोगमा शिक्षक र विद्यार्थीहरुको सक्रियता बढेको पाइएको छ। आगामी दिनमा सूचना प्रबिधिको उच्चतम प्रयोग गरी शिक्षण सिकाइलाई बढी भन्दा बढी प्रभाबकारी बनाउन सबैको भूमिका महत्वपूर्ण भईरहने छ र कुनै कमी आउने छैन भन्ने पूर्ण विश्वाशको साथ ICT कार्यक्रम प्रदान गर्नुभएकोमा सामाजिक बिकास मन्त्रालय र शिक्षा बिकास निर्देशनालय बागमती प्रदेश हेटौंडालाई बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।